Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025
काठमाडौं- जापानले नेपालबाट औधोगिक प्रशिक्षार्थी कामदार खुला गर्दा हौसिएका म्यानपावर कम्पनीको उत्साह अहिले हराएको छ । प्रशिक्षार्थी कामदार पठाउन नसकेपछि कामदार पठाउने अनुमति पाएका ६३ संस्थाले यस वर्ष अनुमतिपत्र समेत नवीकरण गराएका छैनन् ।
जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन -जिट्को) अन्तर्गत १ सय ४७ वटा संस्थाले मात्र अनुमतिपत्र नवीकरण गरेका छन् । गत वर्ष उद्योग वाणिज्य महासंघ सहित अनुमति लिने एजेन्सीको संख्या २ सय १० वटा थियो ।
नेपाली कामदारको धेरै माग नआउनु, झन्झटिलो कागजी प्रक्रिया, प्रवर्द्धन तथा सेवा शुल्क थोरै र सरकारी पक्षबाट बजार प्रवर्द्धन गर्न नसक्नु जस्ता कारणले जापान पठाउन नसकिएको म्यानपावर कम्पनीले बताउँदै आएका छन् ।
सरकारले जापान कामदार पठाउन इच्छुक कम्पनीलाई यस वर्ष थप गरेको छैन । जिट्को अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउन इच्छुक कम्पनीले जनवरीभित्र आवेदन दिन वैदेशिक रोजगार विभागले सूचना जारी गर्नुपर्ने कानुनी प्रावधान छ । यस पटक विभागले सूचना जारी गरेन ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले जापानी कम्पनीको माग अनुसार प्रशिक्षार्थी कामदार पठाउन नसकेकाले कम्पनीको संख्या कटौती गर्नु आवश्यक भएको बताए । ‘धेरै एजेन्सीले जिट्को अन्तर्गत कामदार पठाउनुलाई खाडी मुलुकमा पठाएजस्तै सोचेका छन्,’ उनले भने, ‘यो पूर्णरूपमा गलत हो ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया