Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नेपालगन्ज- नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले दलीय सहमतिका आधारमा राष्ट्रिय सहमतीय सरकारको नेतृत्व वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्न नसक्ने बताउनु भएको छ ।
प्रेस चौतारी बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो-‘शान्ति र संविधान मुलुकको प्रमुख विषय भएकाले त्यसलाई किनारा लगाउन पनि राष्ट्रिय सहमतीय सरकार आवश्यक छ ।’
वर्तमान सरकारको कार्यशैलीले सबै नेपाली जनताको जीवन कष्टकर हुँदै गएको प्रतिक्रिया दिँदै उहाँले जनतालाई सँगै लिएर हिँड्न नसक्ने सरकारले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गर्नुभयो ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा पूर्वरक्षामन्त्री  भण्डारीले मुलुकमा ‘गृहयुद्ध र राजनीतिक दुर्घटना’ को अफवाह चलाउनेहरू राजनीतिका नालायक पात्र हुन् भन्नुभयो । उहाँको थप भनाइ थियो-‘तोकिएको समयावधिभित्र संविधान जारी गर्नुबाहेक दलहरूसँग अन्य विकल्प नभएको तितो यथार्थ मनन गरी सहमतिको बिन्दुमा दलहरू पुग्न आवश्यक छ भन्नुभयो ।
तपाईको प्रतिक्रिया