बिहिबार, फाल्गुण १७, २०८०
Thursday, February 29, 2024
पोर्ट मोरेस्वी– पपुआ न्यु गिनीमा बिहीबार लगभग ३ सय ५० यात्रु बोकेको डुङ्गा डुबेको छ । डुङ्गामा सवारमध्ये २८ जनाको उद्दार गरिएको भए पनि थुप्रै ज्यानमालको नोक्सान भएको अनुमान छिमेकी अष्ट्रेलियाले गरेको छ । बिहीबार बिहान डुङ्गाबाट मद्दतका लागि सङ्केत पठाइएको थियो ।
बिहीबार बिहान स्थानीय समयअनुसार लगभग ६ बजे एमभी राबाउल क्विनसँगको सम्पर्क टुटेको अपरेटर स्टार सिप्सले जनाएको छ । दुर्घटना हुँदा डुङ्गा प्यासिफिक नेशनको पूर्वतर्फ किम्बे र लीबीचमा थियो । दुर्घटनाको कारण खराब मौसम भएको बताइएको छ ।
‘अहिले अष्ट्रेलियाबाट उद्दार टोली त्यसतर्फ गएको छ । अहिलेसम्म कसैको मृत्युको खबर आइसकेको छैन’- स्टार सिप्सका प्रवक्ता जोन हि्वटनीले भने ।

तपाईको प्रतिक्रिया