Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – नेपाल सरकारले सन २०१२ र १३ लाई लगानी बर्षकारुपमा मनाउँन गठित समितिको सदस्यमा गैरआवासीय नेपाली संघका अध्यक्ष जीबा लामिछानेलाई सदस्यमा चयन गरिएको छ ।

समितिले परराष्ट्र मन्त्रालय मार्फत बिदेशस्थित राजदूताबास र नियोगहरुको परिचालन गरी समितिले काम गर्न बताएको छ । उक्त समितिललाई सन २०१२ र १३ मा स्वदेशी तथा बिदेशी लगानीकर्ता तथा सार्वजनिक निजी साझेदारीका लगानीलाई बढावा दिन विभिन्न कार्यक्रमहरु गर्न जिम्मेवारी तोकिएको छ । यस अघि लामिछानेलाई प्रधानमन्त्री डा. बाबुराम भटटराईले आर्थिक सल्लाकारमा मनोनित गरेका थिए । लामिछाने हाल नेपालमा जलबिद्यतको क्षेत्रमा करिब ५ अर्व रुपियाँ लगानी जुटाउने अभियानमा लागेका छन् । ***

तपाईको प्रतिक्रिया