Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – तमु धिं टोकियो जापानले तमुहरुको महान पर्व ल्होसार मु प्री ल्हो (गिद्द बर्ग) नयाँ वर्ष कार्यक्रमका लागि आमन्त्रित कलाकार लोकगायक धनबहादुर तमुलाई एक औपचारिक कार्यक्रमबीच बिदाई गरेको छ ।

ओमोरिमामा अवस्थित नमस्ते रेस्टुरेन्टको हलमा जनवरी-८ तारिख साँझ तमु धिं का अध्यक्ष हर्क तमुको सभापतित्वमा भएको बिदाई कार्यक्रममा धिंका वरिष्ठ उपाध्यक्ष भीम तमुले ल्होसार कार्यक्रमलाइ आफ्नो बिभिन्न सांगीतिक प्रस्तुतीहरुका साथ कार्यक्रमलाई भव्यरुपमा सफल पारिदिनु भएकोमा अतिथि कलाकार गायक धनबहादुर तमुलाइ बधाई तथा सफल शुभयात्राको कामना गर्नुभएको थियो ।

बिदाई कार्यक्रममा अतिथि गायक तमुले प्रवासमा रहेर पनि भाषा संस्कार संस्कृति र परम्परालाइ जोगाई राख्न तमु धिं जापानले यस्ता कार्यक्रमहरुको आयोजना गरि आफु जस्तै धेरै कलाकारहरुलाई जापान जस्तो सुन्दर देशमा आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा आभार प्रकट गर्नुका साथै संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा धिं का अध्यक्ष हर्क तमु, उपाध्यक्ष श्री भक्त तमु, महासचिव कुमार तमु, कोषाध्यक्ष खड्गसिंह तमु, सहकोषाध्यक्ष प्रकाश तमु, सांस्कृतिक संयोजक युक्तमान तमु र सल्लाहकारहरु ओमप्रकाश तमु, दिनेश तमु, याम तमु, ईश्वर तमु, यमा तमु, जितमान तमु र कार्यसमितिका सदस्यहरु लगायत उपस्थित महानुभावहरूले खादा तथा मायाको चिनो प्रदान गरी सफल शुभयात्राको कामना गर्दै बिदाई गर्नुभएको थियो भने स्थानीय गायिका सर्बिना लालचनलाई पनि सोही कार्यक्रममा तमु धिं ले खादा लगाई नगद रु १०,००० सहित सम्मान गरिएको थियो ।

अन्त्यमा कार्यक्रममा उपस्थित महानुभावहरुको लागि गायक धनबहादुर तमुले लोक भाकाका सांगीतिक कोसेलीहरु प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव बिष्णु तमुले गर्नुभएको थियो ।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया