Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- चर्चित टेलिभिजन समाचारवाचिका रमा सिंहले विवाह गर्ने सुर कसेकी छन् ।
एभिन्यूज टेलिभिजनका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कारसँग सम्बन्ध विच्छेद गरेकी उनले हिमालयन टेलिभिजनका प्रबन्ध निर्देशक ललित अग्रवालसँग विवाहको तयारी गरेकी हुन् ।
शाहीकालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको नागरिक सम्मानका लागि चाँजोपाँजो मिलाएकी उनी त्यसपछि नेपाल टेलिभिजनबाट राजीनामा दिएकी थिइन् ।
हाल अमेरिकाबाट प्रसारण हुने एक नेपाली टेलिभिजनकी प्रबन्ध सञ्चालक रहेकी रमाले अग्रवालसँग विवाहको कुरो छिनेको स्रोतको दाबी छ । ***
तपाईको प्रतिक्रिया