Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा पत्रकार नविन पोखरेल सर्वसम्मत भएका छन । शनिवार चुनावका लागि अन्तिम नामावली प्रकाशन गर्दा समेत अध्यक्ष पदमा अन्यको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत भएका हुन ।

शनिबार भएको उम्मेदवारी मनोनयनमा अध्यक्ष पोखरेल संगै बरिष्ठ उपाध्यक्ष बाहेकका अन्य पदहरु सर्वसम्मत भएका थिए । वरिष्ठ उपाध्यक्ष पदमा भने पत्रकारहरु देवराज आचार्य (चिरन) र विपिन निरौलाको उम्मेदवारी परेको छ ।

शाखाको उपाध्यक्षमा दिनेशकुमार परियार, महासचिवमा नरेश खपांगीमगर, सचिवमा धर्मराज अधिकारी र कोषाध्यक्षमा लिलामान शेरपुञ्जा निर्विरोध भएका छन । त्यस्तै सदस्यहरुमा देवीप्रसाद गौतम, रमा लामिछाने, मिलन शर्मा, ऋषिराज बुढाथोकी, नारायण पौडेल (गाउंले), श्यामकुमार लुइंटेल र उमेश निरौला सर्वसम्मत भए ।

बेलुकी ५ बजेसम्म सबै पदमा सर्वसम्मत बनाउने पत्रकारहरुको पहल विफल भएपछि वरिष्ठ उपाध्यक्ष पदमा भने चुनाव हुने लगभग पक्का भएको छ । यद्यपि १४ मा सम्पन्न हुने निर्वाचन अघिसम्म सर्वसम्मत बनाउने पहल हुने बताइएको छ ।

निर्वाचन समितिका संयोजक विविसी नेपाली सेवाका पत्रकार भागिरथ योगीले पहिलोपटक हुने साधारण सभा सर्वसम्मत रुपमा सम्पन्न गर्ने सम्पूर्ण पत्रकार एवं नेतृत्वमा आउने सवैलाई धन्यवाद दिए ।

निर्वाचन मण्डलका सदस्य कानुन व्यवसायी राजु थापाले उपाध्यक्ष बाहेकको सबै पदमा सर्वसम्मत चयन भएको घोषणा गरेका थिए ।

उम्मेदवारी दर्तासंगै सर्वसम्मत भएतापनि पत्रकार महासंघ बेलायत शाखाको निर्वाचन भने जनवरी १४ मा हुनेछ । ***

तपाईको प्रतिक्रिया