Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – तीन बर्ष अघि डा. उपेन्द्र देवकोटाको छोरी मेघा देवकोटालाई अपहरण गर्ने समूह मध्येको मुख्य अभियुक्त राजु थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

०६५ साउन १८ गते राति घरबाटै मेघाको अपहरण भएको थियो । त्यतिखेर डा. देवकोटाले १ करोड ३० लाख रुपैयाँ फिरौति बुझाएपछि अपहरण भएको भोलिपल्टै मेघा अपहरण मुक्त भएकी थिइन ।

प्रहरी नायव निरीक्षक मोहम्मद असरफ अली अन्सारीको टोलीले थापालाई आईतबार राजधानीको नयाँ बजारस्थित टाउन प्लानिङ क्षेत्रबाट पक्राउ गरेको हो । थापालाई लामो समयदेखि प्रहरीले खोज्दै आएको थियो । उनको नाममा रेड कर्नर नोटिस समेत जारी गरिएको थियो ।

उक्त घट्नामा संलग्न राजु लामा, सिद्धार्थ लामा लगायतलाई यसअघिनै प्रहरीले पक्राउ गरी कानुनी कारवाहीमा पुर्‍याइसकेको छ । ***

तपाईको प्रतिक्रिया