Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024
काठमाडौं– जनमुक्ति सेना नेपालका प्रवक्ता चन्द्रप्रकास खनाल ‘बलदेव’ले समायोजन रोजेको ६ हजार  ५ सय भन्दा बढी रहेका ३ हजार २ सयलाई क्षतिपूर्ति सहित थप आर्थिक प्याकेज नदिएसम्म स्वेच्छिक अवकासमा जानेलाई विदाई नगरिने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा प्रवक्ता बलदेबले स्वेच्छिक अवकास रोजेकालाई विदा गर्ने हो भने कि थप क्षतिपूर्ति सहित थप आर्थिक प्याकेज वा अन्य सुरक्षा निकायमा समायोजन गर्नु पर्ने प्रस्ताव राखे ।  उनले भने– ‘३२ सयले समयोजन रोजेकोले उनीहरुलाई समायोजनमा लान नसकिएको कारण सहित क्षतीपूर्ति दिनु पर्छ ।’
उनले सेना समायोजनको लागि माओवादी सेनालाई उपरथी सम्मको पद दिनु पर्ने माग प्रस्तुत गर्दै त्यस्तो नगरिए ब्यक्तिगत योग्यताको आधारमा सेना समायोजन हुन नसक्ने ठोकुवा गरे ।
उनले नेपाली सेनाले ब्रिजकोर्सको तालिम दिने भए पनि ब्रिजकोर्स कस्तो बनाउने भन्ने विषयमा नेपाली सेना र जनमुक्ति सेनालाई मान्य हुने गरी कोर्ष तयार गर्नु पर्ने माग गरे ।
थप क्षतिपूर्ति उपरथी र ब्रिजकोर्सको विषयमा कुरा नमिलेसम्म शान्ति प्रक्रिया अवरुद्ध हुने चेतावनी दिदै बैशाख नलागी शिविर खाली हुने सम्भावना नरहेको दावी गरे ।
उनले नेपाली सेनाले नै लडाकु छान्ने हो भने त्यसलाई समायोजनको साटो भर्ना भन्न चुनौति दिदै सात बुँदे सम्झौताले यहि अस्पष्टता बढाएकोले सो विषयमा स्पष्ट नभएसम्म शान्ति प्रक्रिया अगाडि बढ्न नसक्ने बताए । बलदेबले भने– ‘सेनाले छान्ने कुरा समायोजन हुन सक्दैन । पहिला समायोजन हो कि भर्नाको हो स्पष्ट पार्नु पर्छ ।’ सात बुँदे सहमतिबाट आफूहरु पछाडि नहटेको र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको भन्दै बलदेबले सात बुँदेमा रहेका केही अस्पष्टता हटाउनु पर्ने माग गरे ।
तपाईको प्रतिक्रिया