Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
दुहबी (सुनसरी)– नेपाली कांग्रेसका युवा नेता गगन थापाले एक मधेस एक प्रदेश भए संघीयता हुन नसक्ने बताउनुभएको छ । उहाँले मधेसी नेताहरुले प्रान्तीय सरकारलाई सबै अधिकार दिने र स्थानिय सरकारलाई अधिकार नदिने षड्यन्त्र गरिरहेको बताउनुभयो ।
नेपाली कांग्रेस सुनसरी जिल्ला समिती तथा ३ नम्बर क्षेत्रीय समितिले सुनसरीको दुहवीमा गरेको नेतृत्व विकास तालिमलाई सम्बोधन गर्दै थापाले मधेसी नेताहरुको दिमागमा प्रान्तीय सरकारको मुख्य मन्त्री बन्ने कुरा मात्र रहेकाले समस्या रहेको बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका नेता थापाले कांग्रेसले पनि समय अनुसार चल्न जान्नुपर्ने बताउनुभयो । अबको नेपालको लोकतन्त्र समावेशी र सामेलीपूर्ण हुनुपर्ने र संघियाताले यसलाई थप बलियो बनाउने उहाँको भनाई थियो ।
नेता थापाले संविधानमा अपरिवर्तनिय धारा राख्नै पर्ने पनि बताउनुभएको छ । धर्मनिरपेक्षता, संघियता, मानवअधिकार, मैलिक हक, जनताको अधिकार, सार्वभौमसत्ता र अखण्डताका जस्ता धारा संविधानमा अपरिवर्तनिय हुनुपर्ने कांग्रेसको धारणा रहेको थापाले बताउनुभयो ।
बदलिदो अवस्थामा कांग्रेसको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा तालिममा सहजीकरण गरीएको थियो । निष्कृय बन्दै गएका कांग्रेस कार्यकर्तालाई पुन सक्रिय बनाउन तालिम आयोजना गरिएको तालिममा ५० जना भन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया