Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- आर्थिक अवस्था सुधार्न विदेशिएका नेपाली महिलाहरुले खाडी मुलुकमा शारिरीक शोषणा हुने गरेको महिला विषय सम्बन्धी हेर्ने अमेरिकी विशेषदूत मेलानी भबिरले बताएकी छिन् ।
‘काम लागि विदेशिने नेपाली महिलाले विभिन्न किसिमको घरेलु हिंसाबाट शोषित हुनु परेको छ,’ उनले भनिन्, ‘विशेष गरी काम लागि खाडी मुलुक जाने महिला घरेलु हिंसाको चपेटामा छन्, उनीहरुको शारिरीक शोषण भइरहेको छ ।’
शनिबार विशेषदूत भविरले कुवेतमा घरेलु हिंसा परेकी विभिन्न महिलालाई भेटी त्यस विषयमा नेपाल सरकारले गम्भीर हुन पर्ने बताइन् ।
अमेरिकी राष्ट्रपति वाराक ओवामाले संसारका महिलाका समस्याको विषयमा अध्ययन गर्न भविरलाई विशेषदूत नियुक्त गरेको हो । उनले राष्ट्रपति ओबामाको सहायक कर्मचारीको रुपमा काम गर्दै आएकी छिन् ।
तपाईको प्रतिक्रिया