Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
काठमाडौं– एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष मोहन बैद्य ‘किरण’ले  सात बुँदे सहमति मार्फत माओवादीलाई अरु दलले आत्मसमर्पण गराउने षडयन्त्र गरेको भन्दै सो सहमति कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा वैद्यले सात बुँदे सहमति अनुसार अगाडि बढेको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया आफूहरुलाई मान्य नभएको भन्दै सहमति भइसकेका विषयलाई पनि कार्यान्वयन हुन नदिने स्पष्ट पारे ।
माओवादीलाई कमजोर बनाउने षड्यन्त्रका साथ गरिएको सात बुँदे सहमतिबाट बास्तविक भन्दा मुर्दा शान्ति मात्रै कायम हुन सक्ने दावी गरे । उनले भने– ‘सात बुँदेबाट जनताको संविधान बन्न सक्दैन । यथास्थितिमा सात बुँदे सहमतिलाई नसच्याएसम्म शान्ति र संविधान निर्माण हुन सक्दैन ।’
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा नदिएसम्म मुलुकले निकास पाउन नसक्ने ठोकुवा गर्दै जारी केन्द्रीय कमिटीको बैठकले भट्टराईलाई सरकारबाट फिर्ता बोलाएर महासचिव रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सहमतिको सरकार निर्माण गर्नु पर्नेमा जोड दिए ।
बैद्यले चार बुँदे सहमति कायम रहुन्जेल पार्टी एकता हुन नसक्ने भन्दै चार बुँदेलाई खारेज गरेर सहमति कायम गर्नु पर्नेमा जोड दिए । यद्यपि उनले पार्टी भने नफुट्ने जिकिर गरे ।
उनले अध्यक्षले बैठकमा पेश गरेको प्रतिवेदन सच्याउनु पर्नेमा जोड दिदै नसच्याए त्यसले पार्टीभित्र गम्भीर नतिजा ल्याउने चेतावनी दिए । उनले आफूले प्रस्तुत गरेको प्रस्ताव नै पारित हुने दावी गर्दै पार्टीभित्रको क्रान्तिकारी धार बचाउन पनि आफ्नो प्रस्ताव पारित हुनुको विकल्प नरहेको ठोकुवा गरे ।
वैद्यले आफूलाई अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिको पद नचाहिएको स्पष्ट पार्दै पार्टी भित्रको विवाद महाधिवेशन सम्म लाने प्रस्ताव कुनै पनि हालतमा स्विकार्य नहुने बताए । उनले भने– ‘विवाद अहिलेकै केन्द्रीय कमिटिको बैठकमा बाट टुङग्याउनु पर्छ ।’
उनले शासकीय स्वरुपमा कार्यकारी राष्ट्रपतीय शासन प्रणाली कुनै पनि हालतमा नछाड्ने स्पष्ट पार्दै सेना समायोजनमा समेत उपरथी सम्मको दर्जा पाउनु पर्ने घरजग्गा यथास्थितिमा फिर्ता नहुने ठोकुवा गरे । उनले भने– ‘बाबुरामजीले सत्ता बचाउन सहमति गरेर सबै विगार्नुभयो ।’
तपाईको प्रतिक्रिया