Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

झापा धाइजन-९ गोजाबस्तीका भरत नेपालले आफ्नो बारीमा ४० किलोग्रामको लौका फलाउनुभएको छ ।

पचास इन्च लम्बाइ र १८ इन्च गोलाइ रहेको सो लौका हेर्न मानिसको घुइँचो लाग्ने गरेको छ । धुलाबारी बजारबाट बीउ किनेर रोप्नुभएका नेपालले लौकाको जातबारे अनभिज्ञता प्रकट गर्नुभयो ।

बलौटे माटो भएको बारीमा लहराएको लौकाको एउटै बोटमा आधा दर्जन बढी फल लागेकामध्ये ४० किलोका दुईवटा लौका अहिले थाँङ्क्रामै छन् । फलेका सबै लौका ठूला र लामा भएपछि नेपाल परिवार दंग छ । “यसअघि मैले १५ देखि २० केजीसम्मका आठवटा लौका टिपीसकेको छु” नेपालले भन्नुभयो, “बारीमा फलेका लौका म बेच्दिन ।”

एउटा लौकाले १० घरलाई छाक टार्ने गरेको छिमेकी बताउँछन् । मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खेम प्रसाईंले जीवनमै पहिलोपटक यति ठूलो लौका देखेको बताउनुभयो । उहाँले लौका फलाउने किसानलाई सरकारी निकायबाट पुरस्कृत गरिनुपर्ने माग गर्नुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालिकराम भट्टराईले १५ केजी बढी तौलको लौका दूर्लभ मानिने बताउँदै कार्यालयका तर्फबाट लौका अवलोकन गर्न जाने जानकारी दिनुभयो । ***

 

तपाईको प्रतिक्रिया