Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – मंगलग्रहमा अनुसन्धानका लागि रसियाले पठाएको फोबोस ग्रन्टका भागहरू जनवरी १५ मा पृथ्वीमा खस्न सक्ने जानकारी रसियाली सेनाको अन्तरिक्ष शाखाका प्रवक्ताले रसियाली समाचार संस्थाहरूलाई दिनुभएको छ । फोबोस ग्रन्टका भागहरू जनवरी १५, २०१२ मा खस्ने अनुमान गरिएको प्रवक्ता अलेक्सी जोलोटुखिनले बताउनुभयो । उहाँले वाहृय तत्वका कारण अन्तिम मिति भने परिवर्तन हुन सक्ने पनि उल्लेख गर्नुभयो ।

रसियाले मंगल ग्रहसम्म पठाउने र त्यहाँबाट माटोको नमुना लिएर फ़र्कने भन्ने लक्ष्यमा १६ करोड ५० लाख अमेरिकी डलरको लागतमा फोबोसको निर्माण गरेको हो र त्यसलाई नोभेम्बर ९ मा प्रक्षेपण गरिएको थियो । सेनाको अन्तरिक्ष समूहको अनुगमन केन्द्रले नोभेम्बर महिनामा उक्त विमान विस्तारै तल झरिरहेको र जनवरी वा फेब्रुअरी महिनामा पृथ्वीमा खस्ने अनुमान गरिएको बताएको थियो ।

अन्तरिक्ष समूहका प्रवक्ता जोलोटुखिनले उक्त विमान पृथ्वीबाट १८४ देखि २२४ किलोमिटर माथि पृथ्वीलाई परिक्रमा गरिरहेको बताउनुभयो । डिसेम्बर महिनामा रसियाली अन्तरिक्ष संस्थाले १३.५ टनको उक्त विमान जनवरी ६ देखि १९ सम्म पृथ्वीमा खस्ने अनुमान गरेको थियो । ***

तपाईको प्रतिक्रिया