Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- संवैधानिक समितिमा पनि संविधान लेखनको काम प्रभावित भएको छ ।
विवाद समाधान उपसमितिले सहमति गरिसकेका विषय अनुमोदन गर्न बिहान बसेको समितिको बैठकमा विषय प्रवेश नै नभएपछि काम प्रभावित भएको हो ।
संविधानसभाले हिजो पारित गरेको संविधान निर्माणको कार्यतालिकाप्रति नेपाली कांग्रेसले असहमति जनाएको छ । बैठक पछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संवैधानिक समितिले विवाद समाधान गर्न नसक्ने भन्दै विवाद समाधान उपसमितिमै छलफल गर्नुपर्ने बताउनुभयो ।
हिजो कांग्रेस सहितको सहमतिमा संविधान सभाले संविधान निर्माणको कार्यतालिका संसोधन गरेको थियो । समितिका सभापति निलाम्बर आचार्यले उपसमिति, समिति वा शिर्ष तहमा छलफल गरेर जसरी हुन्छ अनेक विकल्प खोज्न नेताहरुलाई आग्रह गरिएको बताउनुभयो ।
र साना दलका सभासद्ले भने बैठकमा ठूला दलका शिर्ष नेता उपस्थित नभएको र आज विषय प्रवेश पनि नभएको बताएका छन् ।
तपाईको प्रतिक्रिया