Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- अवैधरुपमा नेपालबाट चीनतर्फ लैजाँदै गरेको ९७ हजार डलर (करिब ८२ लाख रुपियाँ)सहित सात चिनियालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग जगाती भक्तपुरले चेक चाँजको क्रममा उक्त रकम, सात चिनिया र तीन गाडीसमेत नियन्त्रणमा लिएको छ ।
राजधानीबाट बा ७ च १४३८, बा ७ च ९१७८ र बा ८ च ६४२६ नम्बरको निजी गाडीमा कोदारी हुँदै तिब्बतको खासातिर जाँदै गरेका उनीहरुलाई भक्तपुरको जगातीमा नियन्त्रणमा लिइएको हो । अवैधरुपमा नेपालमा काम गरेर डलर साटी चीन लैजान लागेको प्रहरीले अनुमान गरेको छ । यसअघि पनि पर्यटक भिसामा नेपाल भित्रिई अवैध कारोबारबाट आर्जित रकम यसैगरी लैजाने गरेको भेटिएको थियो ।
तपाईको प्रतिक्रिया