काठमाडौं– आफ्नो चलचित्रको प्रचार प्रसारमा माहिर मानिएका नायक भुवन केसी नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य सिरियलमा देखापर्ने भएका छन् ।
फागुन दोस्रो सातामा रिलिज गर्न लागेको चलचित्र “साथी म तिम्रो” को प्रचार प्रसारका लागि उनले सिरियलको सहारा लिन लागेको बताइएको छ ।
उनको साथमा छोरा अनमोल पनि आकर्षक स्क्रीप्टमा देखिने भएका छन् । शिव रेग्मीको निर्देशनमा बनेको चलचित्रमा रेखा थापा, ऋचा घिमिरे र अनमोलले अभिनय गरेका छन् ।