Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
ललितपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले दलहरुले पटकपटक सहमति गर्ने तर कार्यान्वयनमा तदारुकता नदेखाउने परिपाटीले शान्ति प्रक्रिया र संविधान लेखन कार्यले गति लिन नसकेको बताएका छन्।
रामचन्द्र जोशी स्मृति सेवा केन्द्रले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानीहरुको सम्मान कार्यक्रममा उनले शान्ति र संविधानका लागि भएको पछिल्लो सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
नेता निधिले सातबुँदे सहमतिको कार्यान्वयनमा एकीकृत माओवादीले उदासिनता देखाएका कारण शान्ति प्रक्रिया अगाडि बढ्न नसकेको आरोप लगाए।
नयाँ संविधानमा शासकीयस्वरुप, सङ्घीय संसदीय प्रणाली हुनुपर्नेमा जोड दिँदै उनले संविधानका विवादित मुद्दामा तत्काल सहमति खोजी संविधान लेखन कार्यलाई गति दिनुपर्ने बताए।
तपाईको प्रतिक्रिया