Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नया वर्षको अवसरमा जापानबासी नेपालीहरुलाई सांगीतिक ताप दिन जापान आइपुगेका बहुचर्चित गायक हेमन्त शर्मा र गायिका मल्लिका कार्कीले गत बुधबार नागोया शहरमा बेजोडको सांगीतिक प्रस्तुति दिएका छन् | एनआरएन जापान तोकाई होकुरिकुले आफ्नो क्षेत्रमा पहिलो पटक नेपाली राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांगीतिक धमाका दिएको हो | राष्ट्रिय कलाकारहरुको साथमा स्थानीय कलाकारहरुको प्रस्तुति भएको नया वर्ष रमाइलो साँस्कृतिक साँझ-२०१२ मा उपस्थित दर्शकहरु मज्जैले झुमेको पाइयो |

नेपाली राष्ट्रिय गानबाट प्रारम्भ भएको सांगीतिक कार्यक्रमको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यद्वय रोविन्द श्रेष्ठ (गोबिन्द), डा. सुदिप अधिकारी र आयोजक सस्थाका संयोजक निमा लामाले रिवनको ध्वजा काटी संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो | कलाकारद्वय हेमन्त शर्मा र मल्लिका कार्कीलाइ तोकाईबासीको तर्फबाट स्वागत गर्दै संयोजक निमा लामाले पुष्प गुच्छा र खादा प्रदान गर्नुभएको थियो | स्थानीय कलाकार राजबिन थापाले राष्ट्रभक्तिले ओतप्रोत भएको यो नेपाली शिर उचाली ……बोलको स्वदेश गान र अर्का कलाकार मनबहादुर थापाको बाँसुरी र सारंगीको धुन गुन्जिदा कार्यक्रम राष्ट्रभक्तिले भरिएको आभाष मिल्दथ्यो |

सदाबहार गायकका रुपमा चिनिएका गायक हेमन्त शर्माले आफ्ना गीतहरुमा आफुले मात्र गएनन् दर्शकलाई पनि संगै गाउन लगाए अनि दर्शकलाई मात्र नचाएनन आफुपनि दर्शकसंगै नाच्दै स्टेज तताएका थिए भने दर्शकबाट अनुरोध गरिएका गीतहरु समयका अभाबले एक एक टुक्का गाएर भने पनि दर्शकको चाहना पुरा गरेका थिए | त्यस्तै नेपाली सांगीतिक क्षेत्रमा चर्चा बटुल्न सफल गायिका मल्लिका कार्कीले आफ्ना गीतहरु गाएर स्टेज तताएर मात्र सुख पाइनन् दोहोरीमा सौखिन दर्शक संग दोहोरी समेत गाएर दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेकी थिइन् | अतिथि कलाकार संगै स्थानीय कलाकारहरु मनबहादुर थापा, राम सुबेदी, राजबिन थापा, सुदिप पन्त, बिदुर गुरुङ, नारायण कंडेलको प्रस्तुति पनि बेजोडकै रहेको थियो |

सोही कार्यक्रममा गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यमा निर्वाचित हुनुभएका रोविन्द श्रेष्ठ (गोबिन्द) र डा. सुदिप अधिकारीलाई संस्थाका संयोजक निमा लामा र कार्यक्रमका सभापति बिष्णुप्रसाद घिमिरेले पुष्प गुच्छा र खादा प्रदान गरी कार्यकालको सफलता सहित बधाई ज्ञापन गर्दै सम्मान गर्नुभएको थियो | कार्यक्रममा एनआरएन आइसीसी सदस्यद्वय डा. सुदिप अधिकारी र रोविन्द श्रेष्ठ (गोबिन्द), एनआरएन जापानका उपाध्यक्ष्य डिलाराम खरेल, नेपाली बिधार्थी समाज जापान (नेसाज) का अध्यक्ष्य बिमल अधिकारी र आयोजक संस्थाका संयोजक निमा लामाले नया वर्षको शुभकामना सहित मन्तब्य राख्नुभएको थियो | उक्त कार्यक्रममा एनआरएन जापानका सचिव सरोज कंडेल, नेसाजका पूर्व अध्यक्ष्य रिसब पौडेल, नेपाल पत्रकार महासंघ जापानका सदस्य कविकिरण न्यौपाने, एनआरएन जापान तोकाई होकुरिकुका सल्लाहकारद्वय मोहन खत्री र बिजयप्रसाद खनाल, एनआरएन जापानका सदस्य चिरन्जीवी सिग्देल, नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष्य शेरबहादुर केसी, अन्तरराष्ट्रिय नेपाली समाज जापानका उपाध्यक्ष्य तेज अर्याल लगायत विभिन्न संघसंस्था एबम सर्वसाधारण महानुभावहरुको उल्लेख्य उपस्थित रहेको थियो |

एनआरएन जापान तोकाई होकुरिकुकी सदस्य प्रमिला सिग्देलको सुन्दर कविता र शब्दबाट अतिथिहरुलाई स्वागत गरिएको कार्यक्रममा कार्यक्रम संयोजक एबम कार्यक्रमका सभापति बिष्णुप्रसाद घिमिरेले कार्यक्रमको समापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्नुका साथै उक्त कार्यक्रमबाट आगामी दिनहरुमा अझ बिशाल कार्यक्रमको आयोजना गर्नको लागि आत्मबल बढेको बताउनुभएको थियो | कार्यक्रम संस्थाका सचिव सन्देश पोखरेल र रमेश श्रेष्ठले संचालन गर्नुभएको थियो | कार्यक्रमको समापनपछि ओतोउबासीमा रहेको काठमाडौँ रेष्टुरेन्टमा कलाकारसंगै रात्री भोजको आयोजना गरिएको थियो | कार्यक्रमलाई सफल पार्नको लागि अन्तरराष्ट्रिय नेपाली समाज जापान र जापान मनि एक्सप्रेस (जेएमइ) ले सहयोगी भूमिका निर्बाह गरेका थिए | ***

 

 

 

तपाईको प्रतिक्रिया