Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- साउदी अरेबियाले नेपालको हस्तलिखित राहदानीबाहकलाई पुनः भिसा दिने भएको छ ।
साउदीको पछिल्लो यस निर्णयसँगै करिब दुइ महिनाअघि हस्तलिखित राहदानीलाई भिसा दिन इन्कार गरेपछि मर्कामा परेका नेपाली कामदार लाभान्वित हुने भएका छन् ।
नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले हस्तलिखित नेपाली राहदानीबाहकलाई भिसा दिन नमानेपछि स्वास्थ्य परीक्षण गराइसकेका करिब १० हजार नेपाली कामदार त्यहाँ जानबाट रोकिएको व्यवसायी बताउँछन् ।
नेपालका लागि साउदी राजदूत (जो बंगलादेशको ढाकामा बस्छन्) डा. अब्दुल्लाह अल-बुसेरीले आङ्खनो मुलुकले आगामी आइतबारदेखि नेपालको हस्तलिखित राहदानीबाहकलाई भिसा दिन थाल्ने उनका नेपाली समकक्षी उदयराज पाण्डेलाई बिहीबार फोनमार्फ जानकारी गराएको बुझिएको छ । नेपालमा साउदी राजदूतावास नभएकाले नेपाल मामिला ढाकास्थित दूतावासले हेर्दै आएको छ ।
तर, साउदीस्थित नेपाली दूतावासले सम्बन्धित साउदी निकायबाट यस सम्बन्धमा लिखित पत्र प्राप्त गरिनसकेको विश्वस्त स्रोतले बताएको छ । शनिबार साउदीको रियादस्थित नेपाली राजदूतावास खुलेपछि यस सम्बन्धमा थप जानकारी प्राप्त हुने स्रोतले बतायो ।
हस्तलिखित नेपाली राहदानीबाहकले साउदी भिसा पाउन छाडेपछि त्यसतर्फजाने नेपाली कामदारको संख्यासमेत घटेको व्यवसायीहरूको भनाइ छ ।
सयौं बंगलादेशी नागरिकले नक्कली नेपाली राहदानी बनाएर भारत हुँदै साउदी पुगेर काम गरिरहेको पाएपछि त्यहाँको सरकारले २६ नोभेम्बरदेखि नेपालको हस्तलिखित राहदानीलाई भिसा दिन रोकेको थियो ।
मक्का मदिना हज गर्न इरानबाट आएका केही नागरिकले आपत्तिजनक काम गरेको भन्दै साउदीले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) मात्र स्वीकार्य हुने भन्दै नेपालका लागि समेत हस्तलिखित राहदानीबाहकलाई भिसा दिन अस्वीकार गरेको थियो । हस्तलिखित नेपाली राहदानीले पुनः मान्यता पाएपछि मेडिकल गरेर साउदी जाने प्रतीक्षामा बसेका कामदारको हस्तलिखित राहदानी आगामी आइतबार नै साउदी पठाउने तयारीमा रहेको रोजगार व्यवसायीले बताएका छन् ।
तपाईको प्रतिक्रिया