Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हेमन्त प्रकाश ओलीले सेना समायोजनका लागि अन्तिम लडाईं शुरु भएको बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै ओलीले महानिर्देशनालयको नेतृत्व वा दोस्रो नेतृत्व पाउनुपर्ने आफ्नो अडान कायम रहेको स्पष्ट पार्नुभयो ।
सेनानीसम्म मात्रै खुम्चिनुपरे सेना समायोजन हुन नसक्ने नेता ओलीको भनाई थियो । उहाँले समायोजनमा लचकता अपनाउँदा महानिर्देशनालयमा दोस्रो नेतृत्वमा रहने र अधिकृतको संख्या घटाउन सकिने, तर त्यो भन्दा लचकता अपनाउन नसक्ने बताउनुभयो । कांग्रेसले भनेजस्तो संसदीय शासन प्रणाली पनि कुनै हालतमा स्वीकार नगर्ने उहाँको भनाई थियो ।
आफ्नो पार्टीले जनविद्रोहलाई अस्वीकार नगरेको दाबी गर्दै ओलीले कुन विन्दुबाट विद्रोह गर्ने भन्नेबारेमा मात्र वैद्य समुहसँग मतान्तर रहेको बताउनुभयो । अध्यक्ष प्रचण्ड निकट रहेका नेता ओलीले पछिल्लो समयमा उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरमा पनि फूट आएको दाबी गर्नुभयो ।
तपाईको प्रतिक्रिया