Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – यतिखेर चर्चाको शिखरमा रहेकी सुरिलो स्वरकी धनि दोहोरी गायिका मुना थापा माघे संक्रान्तिको अवसरमा आयोजित एक साँगीतिक कार्यक्रममा भाग लिन पोर्चुगल जाने भएकी छिन् ।

माघेसंक्रान्ति मगर समुदायको सबैभन्दा महत्वपूर्ण पर्व मानिन्छ । उक्त अवसरमा मगर समाज पोर्चुगलले आयोजना गरेको सांगीतिक कार्यक्रममा थापासहित स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुति रहने थाहा भएको छ ।

हावा सरर, तीते करेलीले…..जस्ता पछिल्ला चरणका चर्चित गीत गाएर ख्याती कमाएकी गायिका थापाले पोर्चुगलमा रहेका नेपालीहरुलाई आफ्ना चर्चित लोक तथा दोहारीका भाकाहरु सुनाएर लठ्ठ पार्ने भएकी छिन् ।

बिश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुको नेपाली गीत र संगीतप्रतिको मोह अत्यन्त उच्च रहेको पाईन्छ । बिभिन्न अवसरमा नेपालबाट कलाकारहरु झिकाई कार्यक्रम गर्ने प्रचलन अहिले बिश्वब्यापी बन्दै गईरहेको छ ।

’तीते करेलीले, मुखै तीतो गरायो तीते करेलीले, मलाई लठ्ठै गरायो झिमझिम परेलीले’, ‘चिसो चिसो हावा सरर, रुमाल फरर’ सम्झना मनैमा रही रह्यो, माइती देश बिरानो भैगयो, अन्तै बसाई सर नभन, नजिक आइदेउन कति सँधै ओइ भनि बोलाउछौ साइनो लाइदेउन, बाटो हेर्दै हौली मेरो खबर सुनेसी पियारी तिमी कति रोई हौली, गाउँमा कुरा काट्छन् छुटाएरै छाड्छन्, माया माकुरीको जाल हो लगायतका उनका चर्चित दर्जनौ लोक तथा दोहोरी गीतका एल्बममा बजारमा छन् ।

कार्यक्रम २२ जनवरी आइतबारका दिन दिउँसो ३.०० बजेदेखि हुने थाहा भएको छ ।

गायिका थापा नयाँ बर्षको कार्यक्रममा जापान पनि आउने निकै चर्चा चलेको थियो तर उनको ब्यस्तताले समय मिलाउन नसकिएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया