Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

प्रसन्न मल्ल, म्याग्दी – बेनीको बजार, जता माया उतै छ, नजर, किरेमिरे जाले रुमाल’ यो सदाबहार एवं लोकजिब्रोमा झुण्डिएको लोकभाकाले जति म्याग्दी जिल्लालाई चिनाउन र यहाँका आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्न सघाएको छ, त्यतिनै जिल्लाका कला, सँस्कृति र प्राकृतिक सौन्दर्यताको पनि प्रतिनिधित्व गर्दै आएको छ ।

जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन बिकास गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस २९ देखि माघ ८ गतेसम्म सदरमुकाम बेनीको खुला मञ्चमा म्याग्दी महोत्सव हुने भएको छ ।

आसन्न म्याग्दी महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाको पर्यटकीय स्थलको दृश्यावलोकन गराउने उद्देश्यले हेलिकोप्टरको उपयोग गरिने भएको छ । फिष्टेल एयरको ६ सिटे हेलिकोप्टरमा पर्यटकले म्याग्दी नदीको किनारैकिनार पश्चिम ताकमबाट धौलागिरि वेसक्याम्प, धौलागिरी आइसफल हुँदै निलगिरी वेसक्याम्प, खयरबराह ताल, खोप्रा लेक, पुनहिल र नागीहुँदै सदरमुकाम फ़र्कन सक्ने प्याकेज कार्यक्रम तय भएको छ । हेलिकोप्टरमा १५ मिनेट र ३० मिनेट उडान गरी दुइ प्रकारका प्याकेजको प्रतियात्रु ६ हजार र १२ हजारको भाडा कायम गरिएको छ । त्यसबाहेक दामोदर कुण्ड, मुक्तिनाथ र ढोरपाटन पुग्न चाहने पर्यटकका लागि छुट्टै विशेष प्याकेज पनि बनाइएको छ । हेलिकोप्टरबाट हिमाल दृश्यावलोकन गर्ने १६० जना आन्तरिक पर्यटकले टिकट बुकिङ गरिसकेका छन । त्यसैगरी महोत्सवमा पर्यटकका लागि हात्ती सयरको समेत व्यवस्था गरिने भएको छ ।

आगामी माघको पहिलो साताको पारिलो घामसंगै आयोजना हुन लागेको म्याग्दी महोत्सवमा म्याग्दीवासीहरु आफ्ना अतिथिहरुलाई न्यानो स्वागत गर्न ब्यग्र प्रतिक्षामा छन् । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया