Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौँ- वातावरणविद्हरुले ‘चीसो एस्ट्रे’ भन्ने गरेको काठमाडौँ उपत्यकामा अझै तीन चार दिन दिउँसो घाम लाग्नुअघिको वातावरण बाक्लो हुस्सुमय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान सूर्योदयअघि काठमाडौँको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो भने दिउँसोको १६ डिग्रीसम्म पुग्ने अनुमान छ ।
शनिबार राति मुलुकमा भित्रिएको पश्चिमी वायु (वेस्टर्न डिस्टर्बेन्स) मा शतप्रतिशत आद्रता भएका कारण यहाँ बिहान बाक्लो हुस्सु छाउने गरेको वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए ।
बिहान बाक्लो हुस्सु छाउने गरे पनि दिउँसोपछि भने घाम लाग्ने उनी बताउँछन् । ‘यो हिउँदमा हुने सामान्य मौसमी प्रक्रिया हो’, उनले बताए ।
उपत्यका बाहेक पहाडी क्षेत्रमा भने मौसम तुलनात्मक रुपमा राम्रो हुने उनले बताए ।
तपाईको प्रतिक्रिया