Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
  • पिटर कुँवर
काठमाडौं- विदेशी अनुहार। नकाटिएका दाह्री। खैरो कपाल त्यो पनि लामा-लामा अनि लट्टैलट्टा परेका। लामो समयदेखि मैलो लुगाले ढाकिएको शरीर। आँखा नाक र मुखाकृतिले आर्यन मूलकै भनेर ठम्याउन कुनै कठिनाइ हुन्नथ्यो।
कताकता सडक बालक जस्तै। स्याहार नपुगेका अथवा अल्छी जस्तै पनि। यस्तो लाग्थ्यो जीवनमा कुनै कुराकॊ फिक्री छैन। नत कुनै कुराको आवश्यकता नत केही पाउने अभिलाषा नै। तर जे होस् नेपालमा विदेशी मुद्रा भित्र्याउने त्यस बेलाको राम्रो स्रोत तिनीहरु पनि थिए। नेपाली दृष्टिका लागि शुरुका दिनमा नयाँ लोकबाट आएका मानिस जस्तै।
आजभन्दा ४०-५० वर्षअघिको कुरा। भनिन्छ राजधानीमा आजका जस्ता अग्ला घरहरु नै थिएनन् । भीडभाड र कोलाहलरहित शान्त वातावरण। जताजतै इँटैइँटाको बुट्टेदार बाटो आँगन र चोकहरु। मठमन्दिर अनि देवल र दरबारहरु। माटो र इँटाबाटै बनेका घर मन्दिर र दरबारका छानाको शोभा झिँगटी टायल ले नै बनेको हुन्थ्यो। वास्तुकलाको अनुपम भण्डारको रुपमा रहन पाएकोमा राजधानी पनि दंग नै देखिन्थ्यो त्यो बेला।
‘साधु र सन्तको देश। जोगी र भोगी दुवै मिलेर बसेका। शिवजीका प्रसाद भनिने गाँजा-भाङ खुल्लम-खुल्ला बिक्री हुने। कुनै कुरामा पनि रोकटोक नभएको शान्तिभूमि नेपाल तिनीहरुका लागि एक हिसाबले स्वर्ग नै थियो’ -बूढापाका भन्छन्। ‘मैले प्रत्यक्ष रुपमा लामै समयसम्म उनीहरुको जीवनशैली हेर्ने मौका पाएँ’ नेपाल प्रहरीका पूर्वडीएसपी पाचकुमार क्षत्रीले भन्नुभयो- ‘गाँजा-भाङ खाएर जताततै लडिरहेका पनि देखिन्थे।’
कुरा हो हिप्पीको। जसले लामै समय नेपाली समाजसँग मितेरी गाँसेका थिए। ८६ वर्षीय पूर्वडीएसपीले नेपालमा हिप्पी समयको जानकारी दिन स्मृतिका पोका पन्तेरा खोल्नुभयो। ०३३ सालमा नेपाल प्रहरीबाट अवकाशपछि उहाँले हालको झोंछेमा १५ वर्ष पुस्तक पसल चलाएको बताउनुहुन्छ। ‘हिप्पीसँगै किनेर उनीहरुलाई नै बेच्ने गरेको थिएँ’ काइदाको व्यापारबाट धेरै फाइदा भएको भन्दै सुनाउनुभयो- ‘सस्तोमा किनेर नाफा राखेर बेचिन्थ्यो।’ पुस्तक पसल धेरै नभएको त्यसताका व्यापार राम्ररी चलेको अनुभव उहाँसँग छ।
व्यापारकै क्रममा हिप्पीसँग घटेको एक रमाइलो घटना उहाँको मानसपटलमा अझै पनि ताजा छ। सुनाउनुहुन्छ- ‘त्यसबेला पसलहरु राति बाह्र बजेसम्म साचालन हुन्थे। ८ बजेतिर एउटा दिमाग खुस्केको हिप्पी मेरो पसलमा आयो। यो पनि देखा भन्छ त्यो पनि देखा भन्छ। राति ११ बजेसम्म मलाई त कायल नै पार्यो मोराले। त्यसपछि ७ सय रुपियाँको सामान झोलामा हालिदिएँ र उसलाई ढोकातिर फर्काएर पछाडिबाट धकेलिदिएँ। त्यो त दायाँ-बायाँ अगाडि-पछाडि कत्तै नहेरी सरासर गयो। भोलि उसलाई वसन्तपुरमा देखें। राति मसँग किनेको कुनै सामान पनि साथमा थिएन। एउटा घण्टी बजाएर माग्दै थियो। रातिको पैसा माग्ला कि भन्ने डरले नजिकैको मानिसलाई राति मसँग ७ सयको सामान किनेको थियो के गरेछ भनेर सोधें। त्यसले त सबै सामान बाँडिदिएछ।’
डीएसपी क्षत्रीका अनुसार हिप्पीहरु कैयौं महिना नधोएका लुगा लगाउने कपाल नकोर्ने नकाट्ने कहिले दुइटा पाउरोटी २ केस्रा केरा खाएर जीवन बिताउने स्वभावका देखिन्थे। डीएसपी क्षत्री मात्रै होइनन् आजसम्म बाँचिरहेका वृद्धसँग पनि हिप्पीहरुसम्बन्धी राम्रै जानकारी पाइन्छ।
त्यस बेलाका लोकपि्रय होटलमध्ये इडन होटल पनि थियो। सो होटलका साचालक ६३ वर्षीय जगन्नाथ जोशीका अनुसार गाँजा भाङमाथि कुनै कानुनी प्रतिबन्ध थिएन। जताजतै किलोको हिसाबमा बिक्रीवितरण हुन्थ्यो। उहाँले पनि त्यस ताका गाँजा-भाङ बिक्रीवितरण गर्नुभएको स्वीकार गर्नुहुन्छ। ‘नेपाली केटाहरुले खाँदैन थिए। खाने भनेका हिप्पीहरु नै हुन्थे’ भन्नुहुन्छ- ‘सरकारले पनि त्यति बेला बिक्रीवितरणमा रोक लगाएको थिएन।’
अहिले वसन्तपुर नजिकको झोंछे भनेर चिनिएको जुन क्षेत्र छ त्यो नै त्यस बेलाको हिप्पीहरुको मूल थलो रहेको अग्रज पुस्ताहरुको भनाइ छ। यस भनाइलाई थप स्पष्ट पार्दै पूर्वडीएसपी क्षत्री भन्नुहुन्छ- ‘पुरानो झोंछे त हालको मरुहिटी हो। यो त २६÷२७ सालमा सरेको हो।’
झोंछेकै एक पुरानो होटल ‘येल्लो द ट्राभलस्र हाउस’ का होटल व्यवसायी उज्जल माथेमाका अनुसार हिप्पीहरु भारत हुँदै पहिलो पटक नेपालको झोंछे आएका हुन्। ‘वषार्ंैसम्म यात्रा गरेर बिताउने शारीरिक सरसफाइमा धेरै ध्यान नदिने प्राकृति र आनन्द जीवनशैली खोजी गर्ने मानिस हिप्पी हुन्’ माथेमाले आफूले सुने÷जानेको कुरा बताउनुभयो- ‘नेपालको वातावरण शान्त प्राकृतिक एवम् सांस्कृति रुपमा सम्पन्न गाँजा-भाङ आदिलाई गैरकानुनी घोषणा नगरिसकेको अवस्था भएकाले हिप्पीले नेपालमा करिब २० वर्ष बिताएको पाइन्छ।’ आ७३टघठद्धघसनो पुरानो होटलमा हिप्पीहरु आफैंले पकाएर खाने गरेको उनको भनाइ छ। उनको बुझाइमा हिप्पीहरु धेरै प्रकारका हुन्छन्। कोही गाँजा-भाङ नखाने खाली वषार्ंैको भ्रमण गर्ने हुन्छन् भने कोही गाँजा-भाङ मात्रै खाने हुन्छन्। र कोही भने खाली प्राकृतिक जीवनशैली जिउने किसिमका हुन्छन्। हिजोआज कहिलेकाहीं फाट्टफुट्ट मात्रै हिप्पीहरु देखिने गरेको पनि उहाँले सुनाउनुभयो।
ँहिस्टोरिकल एन्ड क्लासिकल अटो स्पोर्टस् एसोसेसन’ का दिनेस श्रेष्ठका भनाइमा हिप्पीहरुले करिब २० वर्ष नेपालमा बिताए। ँसन् १९६० देखि १९८० को २० वर्षे अवधिलाई नेपालको हिप्पी समय भनिन्छ’ उहाँले भन्नुभयो- ‘हिप्पीहरु विशेष गरी नयाँ ठाउँमा ड्राइभ गर्न रुचाउने प्रकृतिका हुन्छन्।’
यसरी करिब दुई दशक नेपालमा बिताएका हिप्पीहरुको सांस्कृतिक प्रभावबाट नेपाली युवाहरु पनि धेरै प्रभावित रहेको धेरै प्रमाण हिजोआज पनि पाइन्छ। ‘वि सं  २०३६÷३७ सालदेखि हिप्पीहरुको संख्या घट्दै गयो’ डीएसपी क्षत्रीले थप्नुभयो- ‘०३० सालमा प्रधानमन्त्री कीर्तिनिधि विष्टले गाँजा-भाङलाई गैरकानुनी घोषणा गरेपछि हिप्पीहरु हराउन थालेका हुन्।’ भाङ र गाँजा धेरै खाने भए पनि कसैसँग झै-झगडा र वादविवाद गरेको थाहा नभएको उहाँ स्मरण गर्नुहुन्छ।
तपाईको प्रतिक्रिया