Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एनआरएन आईसीसी कोषाध्यक्ष एवम् व्यवसायी भवन भट्टको मुख्य लगानीमा सञ्चालन हुन गइरहेको बीबी एयरवेज प्रालिलाई अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार इजाजतपत्र दिएको छ । तीन महिनाअघि आवेदन दिएको कम्पनीलाई मन्त्रीस्तरीय निर्णयबाट इजाजत दिइएको मन्त्रालयले जनाएको छ । यो निर्णयसँगै बीबी एयरवेजलाई अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक जहाज भित्र्याउन र सेवा सञ्चालन गर्न बाटो खुलेको छ ।

“राष्ट्रिय ध्वजावाहकसमेत बलियो नभएको अवस्थामा निजी क्षेत्रले एयरलाइन्स सञ्चालनका लागि तत्परता देखाउनु सराहनीय लागेर इजाजत दिएका हौं,” पर्यटनमन्त्री लोकेन्द्र विष्टले भने, “यो एयरलाइन्स सञ्चालनमा आएपछि नेपालको गरिमा अन्तर्राष्ट्रिय स्तरमै बढ्ने अपेक्षा लिएका छौं ।”

अन्तर्राष्ट्रिय उडान सञ्चालनपूर्व मन्त्रालयले एक वर्षभित्र नागरिक उड्डयन प्राधिकरणबाट पनि हवाई सेवा सञ्चालन अनुमतिपत्र (एओसी) लिनुपर्नेछ । प्राधिकरणबाट एओसी लिएको एक वर्षभित्र इजाजत पाएका स्थानमा उडान भर्नुपर्ने कानुनी प्रावधान छ । बीबीले अन्तर्राष्ट्रिय वायुसेवामात्रै सञ्चालन गर्न पाउनेछ ।

इजाजतपत्रमा तीनवटा बोइङ ७६७–३०० जहाजद्वारा उडान भर्न पाउने तथा त्यसमध्ये दुई वटा जहाज पहिलो चरणमा र अर्को जहाज तीन वर्षभित्र आवश्यक प्रक्रिया मिलाई खरिद गर्नुपर्ने उल्लेख छ । इजाजतअनुसार बीबीले काठमाडौंबाट नयाँ दिल्ली (भारत), बैंकक (थाइल्यान्ड), क्वालालम्पुर (मलेसिया), हङकङ, टोकियो (जापान), दोहा (कतार) र सिंगापुर क्षेत्रमा उडान भर्न अनुमति दिइएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष भवन भट्टको मुख्य लगानी रहने बीबी एयरवेजलाई पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठित मूल्यांकन समितिको सिफारिसका आधारमा इजाजत दिइएको हो । कम्पनीले असोज ८ गते उडान अनुमतिका लागि मन्त्रालयमा आवेदन दिएको थियो ।

बीबी एयरवेज स्रोतका अनुसार प्राधिकरणबाट एओसी प्राप्त गरेलगत्तै बोइङ ७६७–३०० जहाजमार्फत नेपालबाट गन्तव्य मुलुकमा उडान सेवा सञ्चालन गरिनेछ । कम्पनीका संस्थापक भट्ट नेपाल पर्यटन वर्ष २०११ को जापानका लागि अबैतनिक दुत समेत हुन् ।

नेपालबाट हाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मात्रै भारतबाहेकका तेस्रो मुलुकमा उडान भर्छ । निगमसँग २५ वर्षभन्दा पुराना दुई वटा बोइङ ७५७ जहाज रहेका कारण सेवा नियमित छैन । नेपालमा हाल निगम र बुद्धबाहेक २६ वटा विदेशी एयरलाइन्सले उडान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया