Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

टोकियो – चिसो मौसमसंगै शुरु भएको नयाँ बर्षको माहौललाई कलाकारद्वय हेमन्त शर्मा र मल्लिका कार्कीले गत आइतवार आफ्ना कर्ण प्रिय स्वरमा उनिएका उत्कृष्ट साँगीतिक प्रस्तुतीहरु पस्केर एकाएक तताए ।

नेपालका सर्बाधिक चर्चाको शिखरमा रहेका कलाकारद्वय शर्मा र कार्कीको बिशेष साँगीतिक आकर्षण रहेको मनोरञ्जनात्मक कार्यक्रम गत आइतवार टोकियोमा सम्पन्न भएको हो ।

नयाँ बर्षको उपलक्ष्यमा आयोजित “नयाँ बर्ष सांगीतिक धमाका” नाम दिईएको विविध साँस्कृतिक कार्यक्रममा टोकियोका नेपालीहरुले कलाकारसंगै रमे, रमाए, नाचे, उफ़्रे र भरपुर मनोरञ्जन लिए ।

अन्तरराष्ट्रिय नेपाली समाज जापानको आयोजना, गुल्मेली समाज जापानको सहयोग र जापान मनि एक्सप्रेस (JME) को प्रायोजनमा भएको सो कार्यक्रममा अतिथिहरु एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, एनआरएन आईसीसी सदस्य रोशन के सी, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

उत्साहजनक दर्शकहरुको उपस्थिति रहेको सो कार्यक्रममा गायक हेमन्त शर्मा र गायिका मल्लिका कार्कीले आफ्ना उत्कृष्ट एवं चर्चित गीतहरु पस्केर दर्शकहरुलाई उठेर नाच्न बाध्य बनाएका थिए । यसैगरी सो अवसरमा युको ओकामोतो मल्ल, मोना प्याकुरेल लगायतका स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुती र पुष्करजंग थापा र श्रवण सत्यालको हास्य प्रस्तुती पनि रहेको थियो ।

कार्यक्रममा आयोजक संस्थाको तर्फबाट अतिथि कलाकारद्वय शर्मा र कार्कीलाई फूलको गुच्छाले स्वागत गरिएको थियो भने हालै एनआरएन आइसीसीको सदस्यमा निर्वाचित रोशन केसीलाई खादा ओढाएर सम्मान ब्यक्त गरिएको थियो ।

कार्यक्रमको प्रारम्भमा आयोजक संस्थाका अध्यक्ष शालिकराम भण्डारीले उपस्थित समस्त महानुभावहरुमा हार्दिक स्वागत गर्नुभएको थियो । संस्थाका महासचिव अर्जुन अधिकारीको सञ्चालन रहेको उक्त कार्यक्रम टोकियो इकेगामीस्थित इकेगामी खाइकानमा भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया