Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गत सेप्टेम्बर महिनामा स्वर्गीय हुनु भएका बौद्ध धर्मालम्बीहरुका महान् धर्मगुरु ३१ औं थुल्सिक रिंपोचीको निम्ति श्रद्धाञ्जलि अर्पण तथा बत्ती बाल्ने कार्यक्रम सम्पन्न भएको छ ।

शेर्पा संघ जापानले नागोया-सी, मोरियामा-कु, आओवादाइस्थित च्यामलिंग गुम्बामा जनवरी २ तारिख सोमबारका दिन आयोजना गरेको उक्त कार्यक्रम गत वर्ष नै हुनुपर्नेमा सबैलाई समेट्ने उदेश्यले नयाँ वर्षको बिदाको अवसर पारेर गरिएको जानकारी गराइएको छ ।

उक्त कार्यक्रमलाई संघका अध्यक्ष पासाङ शेर्पाले बत्ति बालेर सुरुवात गर्नभएको थियो भने अतिथीमा आदिबासी जनजाती महासंघ तोकाईका अध्यक्ष जिग्मे शेर्पा हुनुहुन्थ्यो । गुम्बाका लामा सहित शेर्पाहरुका लामा फुर्बा शेर्पाले पूजापाठ र थुल्सिक रिंपोचीको जीवनका बारेमा उपस्थित सबै शेर्पाहरुलाई प्रकाश पार्नुभएको थियो । कार्यक्रम निकै नै शान्त वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

अन्तमा शेर्पा संघ जापानका महासचिव पेम्बा शेर्पाले महान् धर्मगुरु थुल्सिक रिंपोचीको निधनले विश्वमा भएका सम्पूर्ण बौद्धमार्गीहरुले ठूलो शोक ब्यहोर्नु परेको र उक्त शोकलाई अलिकति भएपनि काम गर्ने हेतुले हरेक वर्ष शेर्पा संघ जापानले मनाउँदै आएको महान् चाड ल्होसार यस वर्ष स्थगित गरिएको जानकारी गराउनु भयो र आगामी वर्षहरुमा भने ल्होसार चाड विगतमा झैँ भव्य र मनोरञ्जनका साथ आयोजना गरिने कुरा पनि जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया