Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाल मगर सेवा समिति टोकियोले जनवरी १ को साँझलाई लाङघाली साँझकारुपमा मनाउने परम्परालाई यस बर्ष पनि कायमै राख्यो ।

आपसी भेटघाट, शुभकामना आदान-प्रदान, संस्थाको बार्षिक अधिवेशन र मनोरञ्जनात्मक विविध साँस्कृतिक कार्यक्रमसहित सो सँस्थाले लाङघाली साँझ सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित प्रेम लोचन, रोज मोक्तान र रोमिला न्यौपानेलगायतका चर्चित कलाकारहरुको साँगीतिक आकर्षणले कार्यक्रमको रौनकता बढाएको थियो । उनीहरुलाई स्थानिय कलाकारहरुले सघाएका थिए ।

उक्त लाङघाली साँझ समारोहमा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, थकाली सेवा समितिका अध्यक्ष शरद गौचनलगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको अतिथिकारुपमा उपस्थिति तथा शुभकामना मन्तब्य रहेको थियो । समारोहमा महासचिव शैलेन्द्र थापा मगरको सञ्चालन रहेको थियो ।

आफ्नो बार्षिक अधिवेशनसमेत पारेर लाङघाली साँझ मनाउँदै आएको मगर सेवा समिति टोकियोले शैलेन्द्र थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षद्वयमा तारा आले मगर र गोविन्द डम्वरपाल मगर, महासचिवमा कुमारी पुन मगर, सचिवमा तोरणबहादुर थापा मगर, कोषाध्यक्षमा खडग अर्गेजा मगर, सहकोषाध्यक्षमा तेजमाया पुन मगर चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सोमराना मगर, किशोर थापा मगर, मणिराम थापा मगर, हरी गलामी मगर, टिकाराम थापा मगर, लिलबहादुर पुन मगर, गम्बिर पुन मगर, सोनी थापा मगर, बमबहादुर घर्ति मगर, श्याम थापा मगर र थमबहादुर पुन मगर चुनिनुभएको छ ।

जापानमा मगर जातिहरुको संस्था नेपाल मगर सेवा समिति निकै पुरानो संस्था मानिन्छ । टोकियो र नागोया तोकाई क्षेत्रमा गरी उक्त संस्थाका दुइ समितिहरु यहाँ क्रियाशील रहेका छन् । हरेक बर्ष नयाँ बर्षमा नेपालबाट कलाकारहरु आमन्त्रण गरी लाङघाली साँझ कार्यक्रम आयोजना गर्दै आएको टोकियोको मगर सेवा समितिले यो बर्ष भने कार्यक्रम बारे अन्तिम समयसम्म कुनै सार्बजनिक जानकारी गराएको थिएन । प्राविधिक कारणवश अत्यन्तै छोटो सूचनाको आधारमा कार्यक्रमको तय गर्नुपरेको भए पनि उत्साहजनक सहभागिता रहेको सो सँस्थाका कोषाध्यक्ष खडग अर्गेजा मगरले बताउनुभएको छ । ***

तपाईको प्रतिक्रिया