बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024
काठमाडौं– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार कामचलाउ भएकोले सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताउनु भएको छ ।
नेकपा एमाले काठमाडौं क्षेत्र नम्वर ८ कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष खनालले वर्तमान सरकारको विकल्प खोज्न एमाले तयार रहेको बताउनुभयो । अध्यक्ष खनालले शान्ति प्रक्रिया टुंग्याएर संविधानका लागि सहज वातावरण बनाउने भूमिका निर्वाह गर्ने माओवादीलाई आग्रह पनि गर्नु भयो ।
अध्यक्ष खनालले नेकपा एमालेको विचार, सिद्धान्त र पार्टीका कार्यक्रम समेटिएको पुस्तकसंग्रह जनजागरण अभियान सार्वजनिक गर्नु भयो ।

तपाईको प्रतिक्रिया