Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
रुकुम– रुकुममा माओवादी कार्यकर्ताले एमाले कार्यकर्तालाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका छन् । जिल्लाको चौरजहारी खानेपानी योजना निर्माण उपभोक्ता समितिको बैठक बसिरहेको बेला एमाले क्षेत्रीय कमिटी सदस्य हिमप्रसाद शर्मालाई माओवादीका बिनय केसी र टेक बहादुर गिरीको समुहले आक्रमण गरेको एमाले रुकुमका कार्यवाहक अध्यक्ष देवी ओलीले बताउनुभयो ।
उनीहरु दुबै जना उपभोक्ता समितिभन्दा बाहिरको मान्छे रहेको एमालेको भनाई छ । घटनाका दोषीलाई कानुनी कार्वाही गर्न प्रशासन समक्ष एमाले रुकुमले माग गरेको छ । य
सैबीच आक्रमणमा संलग्नलाई इलाका प्रहरी कार्यालय चौरजहारीले पक्राउ गरी कार्वाही थालेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया