Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
विराटनगर- प्रधानमन्त्री डा.बाबुराम भट्टराई आज अपरानह विराटनगर आउने हुनु भएको छ ।
स्थानिय विरेन्द्र सभागृहमा भोली आयोजना गरिने पूर्वाञ्चल क्षेत्रको आर्थिक विकास सम्बन्धी कार्यशाला गोष्ठिमा सहभागी हुन प्रधानमन्त्री डा. बाबुराम भट्टराई अपरान्ह ५ वजे विराटनगर आउने हुनु भएको हो ।
पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघ र आइ एफ सी वल्र्ड बैंकले आयोजना गरेको कार्यशाला गोष्ठिमा आर्थिक विशेषज्ञहरुको समेत सहभागीता रहने आयोजकले जनाएको छ । प्रधानमन्त्री आउने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा कुनै अप्रिय घटना हुन नदिन र सुरक्षा ब्यवस्था मिलाउन आज विहानैदेखि विराटनगर विमानास्थलदेखि नै यहांका प्रमुख चौक तथा सडक र कार्यक्रम स्थलमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरीएको छ ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रद्युम्न कार्कीले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्रीको सरक्षाका लागी ४ सय जनपद प्रहरी र ३ सय सशस्त्र प्रहरी गरी करिव ७ सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।
विराटनगर भ्रमणका क्रममा प्रधानमन्त्री भट्टराईले आजै सांझ उद्योग संगठन मोरङको पदस्थापन कार्यक्रममा सहभागी हुने र उहांलाई उद्योगीहरुले स्वागत तथा सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । त्यस्तै भोली विहान पुर्वाञ्चलको सुरक्षा निकायका प्रमुखहरु संग भेट गरी शान्ति सुरक्षाको स्थितीको वारेमा जानकारी लिने , पार्टी कार्यकर्तासंग भेटघाट गर्ने लगायतका कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री डा. भट्टराईको आजको वसाई विराटनगरमै हुने समेत जनाइएको छ ।
तपाईको प्रतिक्रिया