शनिबार, फाल्गुण १२, २०८०
Saturday, February 24, 2024
काठमाडौं– माओवादी नेता तथा प्रधान मन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय र सांस्कृतिक उत्पीडनको अन्त हुनेखालको राज्य निर्माण गर्ने लक्ष्य लिइएको बताएका छन् । एकात्मक शाहवंशीय राज्य प्रणालीको अन्तपछि नेपालको विशेषताअनुरुपको सङ्घीयता हुनुपर्ने भनाई पनि उनको छ ।
यसै प्रसङ्गमा उत्पीडित जातिहरुको भावनात्मक सम्बोधन हुनेगरी सङ्घहरुको नामाकरण गर्नु न्यायपूर्ण र सही हुन्छ भन्दै उनले जारी गरेका वक्तव्यमा भनिएको छ- यो भनेको सामाजिक साम्प्रदायिकता र जातिवाद होइन । बरु सबै जातजाति, वर्ग समुदायको सामाजिक सद्‍भाव कायम गर्ने वैज्ञानिक प्रक्रिया हो ।

तपाईको प्रतिक्रिया