Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
काठमाडौं- बेलायती राजकुमार ह्यारी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आउने भएका छन् ।
बेलायती राजतन्त्रका तेस्रा उत्तराधिकारी ह्यारी घाइते सैनिकको सहयोगका लागि सगरमाथा आरोहण टोलीमा सहभागी हुन लागेको दी टेलिग्रामले जनाएको छ । ह्यारी घाइते सैनिकलाई सहयोग गर्ने परोपकारी संस्था वाकिङ वीथ वाउन्डेड संस्थाका संरक्षक हुन् ।
हजुरआमा एलिजावेथ दृतियाको ६० औं गद्दिआरोहण बर्ष र लण्डन ओलम्पिक सन् २०१२ मै पर्ने भएपनि राजकुमारले सगरमाथा आरोहण गर्ने पुरानो प्रतिबद्धता पुरा गरि छाड्ने अठोटमा छन् ।
ह्यारीका प्रवक्ताले भने वेलायती सेनाको कार्यक्रमअनुसार आरोहणको कार्यक्रम पछि सार्वजनिक गर्ने बताए ।
तपाईको प्रतिक्रिया