Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नेपालगन्ज– महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री अरबिन्द साहले राजनीतिक सिद्धान्त र विचारमा मधेसवादी दल अलग भए पनि मधेसको विषयमा भने कुनै विमति नरहेको बताउनुभएको छ ।
तराई-मधेस लोकतान्त्रिक पार्टी नेपालको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले मधेस आन्दोलनका समयमा सहिद भएका प्रत्येक परिवारका सदस्यमध्ये एकजनालाई सरकारी कार्यालयमा जागिर र एक जनालाई निःशुल्क शिक्षा दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राज्यमन्त्री साहले मधेसको विषय सम्बोधन नभएसम्म शान्ति र संविधानको विषय समेत किनारा लाग्न नसक्ने बताउँदै मधेसका जनताको लडाइँ वर्गीय होइन, पहिचानसँग गाँसिएको छ भन्नुभयो ।
त्यस अवसरमा मधेसी जनअधिकार फोरम(गणतान्त्रिक)का केन्द्रीय सदस्य तथा सभासद् सन्ध्यादेवी देवले मधेसी जनता जुनसुकै दलसँग आबद्ध भए पनि अधिकारको लडाइँमा सधैँ एकजुट छन् भन्नुभयो ।
तपाईको प्रतिक्रिया