Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
पोखरा- नेपाली कङ्ग्रेस नेता रामशरण महतले शान्ति प्रक्रिया इमान्दारीपूर्वक अघि बढे एकीकृत नेकपा माओवादीसँग सहकार्य सम्भव रहेको बताएका छन् । शान्ति प्रक्रिया विषय नटुङ्गिकन संविधान घोषणा गरिएमा त्यसले मुलुकमा ठूलो खतरा निम्त्याउने उनले बताए। सातबुँदे सम्झौताप्रति एमाओवादीले इमान्दारिता नदेखाएको उनको आरोप थियो ।
नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महतले एमाओवादीका शिविरमा रहेका लडाकुको पुनःर्स्थापना र समायोजन, हतियारको व्यवस्थापन र कब्जा गरिएका सम्पत्ति फिर्ता नगर्ने हो भने माओवादीसँग सहकार्य गर्न नसकिने जिकिर गरे ।
‘अहिले काँग्रेसको प्रधानमन्त्री बदल्ने एजेन्डा छैन, शान्ति प्रक्रिया अघि बढाउनका लागि मौका दिन्छौँ, त्यो प्रक्रिया अगाडि नबढ्ने हो भने सरकारको विकल्प खोज्न काँग्रेस बाध्य हुने’, उनले चेतावनी दिए ।
एक महिनादेखि माओवादीका लडाकुको पुनःस्थापना, स्वेच्छिक अवकास र समायोजनका विषयमा कुनै प्रगति नभएको गुनासो बताउँदै उनले देशले धान्न सक्ने, समानुकूल र दिगो हुन सक्ने सङ्घीयताको स्वरुप बनाउनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया