Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
बाँके- एक लाख रुपैयाँ चन्दा नदिएको निहुँमा भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का कार्यकर्ताले ५० वर्षीया महिलाको गोली हानी हत्या गरेका छन् । बाँकेको विकट गाविस होलिया- २, चौफेरीमा बहादुर यादवलाई खोज्दै आएका दुई हतियारधारी व्यक्तिले उनलाई नभेटेपछि पत्नी नन्दी अहिर (यादव) लाई गोली हानी हत्या गरेका हुन् ।
उनीहरूले परिवारलाई धम्की दिएर गएपछि प्रहरीले चौबिसै घन्टा सुरक्षा दिइरहेको छ ।
गत माघ ४ गते सोमबार साँझ साढे पाँच बजे यो घटना भएको हो ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) को नामबाट पुस १९ गते १ लाख चन्दा माग गर्दै धम्की आएको थियो । जेठा छोरा रामछविले भने ‘जोसुकै भए पनि चन्दा नदिने’ अडान लिए । तर, केही अज्ञान व्यक्ति आएर छोराको छातीमा बन्दुक तेर्साएपछि बहादुरले खुट्टामा लम्पसार परेर रुँदै चन्दा दिन स्वीकार गरे । ज्वाला सिंहका कार्यकर्ता बताउने ती अज्ञात व्यक्तिले उनलाई भारतको शुकबजारमा एक लाख लिएर आउन निर्देशन दिए । उनी चन्दा बुझाउन तोकेकै ठाउँमा बसेका थिए । चन्दा लिन मोटरसाइकलमा आएका तीन व्यक्तिलाई देखेपछि भारतीय सुरक्षाकर्मीले रोके । मोटरसाइकल पछाडि बसेका दुईजना भागे । चालकलाई भारतीय सीमासुरक्षा बल (एसएसबी) ले पक्राउ गर्‍यो ।
यो घटनापछि ज्वाला सिंह समूहका कार्यकर्ताले घरै आएर बहादुर यादवलाई खोजेका थिए । नभेटेपछि श्रीमतीलाई गोली हानेका थिए । चन्दा नदिए अरूको पनि हत्या गर्ने धम्की दिएर गएको परिवारले बताएको छ ।
घटनालगत्तै बाँकेका प्रहरी प्रमुख विक्रमसिंह थापाको सक्रियतामा शव उठाएर दाहसंस्कार गरेको बहादुरले बताए ।
‘प्रहरीले घरमै आएर सुरक्षा दिएपछि काजक्रिया गर्न पाइयो,’ उनले भने, ‘गाउँमै सुरक्षा चौकी भए धेरै सजिलो हुन्थ्यो ।’
तपाईको प्रतिक्रिया