Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाल पिएचडी एसोसिएसन (एनपीए) को जनवरी २९ आइतबारका दिन टोकियोमा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्धन समितिका संयोजक डा सुनिल बाबु श्रेष्ठको आतिथ्यमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै संयोजक श्रेष्ठले एनपीए एउटा विशुद्ध गैह्र राजनीतिक संस्था हुनुका साथै बौद्धिक वर्गहरुको बिद्वत्तालाई सम्मान गर्दै देश बिकासको लागि सधै अग्रसर हुने संस्था भएको बताउनु भयो । त्यसैगरी उहाँले People To People (P2P) को अवधारणा प्रकट गर्दै जापानबाट नेपाली जनताहरुको लागि के कस्तो विकास सम्बन्धि कार्यहरु गर्न सकिन्छ सो को अध्ययन अनुसन्धान जापानमा रहेका एनपीएका सदस्य साथीहरुले गरी सोको जानकारी एनपीए नेपालमा पठाई सम्भव भएसम्मका कार्यहरु समेत गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा आफ्नो बिचार ब्यक्त गर्दै NPA Ambassador (Japan) का डा दिनेश मानन्धरले एनपीएका सदस्य साथीहरुले People To People (P2P) मात्र नभई Government To Government (G2G) को पनि सम्भव भएको हुँदा सो को लागि पनि एनपीएका सदस्य साथीहरुले आवश्यक कार्य गर्नुपर्ने जानकारी गराउनु भयो । G2G अन्तर्गत उहाँले हाल जापानबाट नेपालमा हुन गइरहेको केही आयोजनाहरुको जानकारी पनि गराउनु भयो ।

त्यसैगरी आफ्नो मन्तब्य दिने क्रममा संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय (युएनयु) टोकियोका डा बिनय मिश्राले आफ्नो अनुसन्धान सम्बन्धि जानकारी गराउँदै युएनयु मार्फत् पनि नेपालका बिभिन्न कलेजहरुसँग अध्ययन अनुसन्धानका कार्यहरु गर्न सकिने सम्भावनाहरुमाथि प्रकाश पार्नुभयो ।

त्यस्तै टोकियो विश्वविद्यालयबाट सहरी विकास बिषयमा ग्राजुयट भएर हाल अवकाशपछि नेपालको विकास सम्बन्धि रुचि राख्नुहुने डा जीरो वाटानाबे “ग्रीन अर्बानाईजेसन” बारे आफ्ना बिचारहरु राख्नु भयो । उक्त कार्यक्रमका सहभागी भूपि श्रेष्ठले नेपालमा भएका बिदेशी दातृसंस्था तथा अन्तरराष्ट्रिय संस्थाहरुलाई एनपीएबारे जानकारी गराउँदै आवश्यक परेमा वा चाहेको खण्डमा एनपीएका सदस्यहरुले सरसल्लाह दिनुपर्ने बताउनु भयो।

छलफलको क्रममा एनपीए जापानको च्याप्टर गठन गर्ने, सदस्यहरुको डाटाबेस बनाउने, Ph. D. अध्ययनरत बिद्यार्थीहरुलाई सम्बन्धन सदस्य दिने, नेपाल सरकारलाई विभिन्न बिषयहरुमा सम्बन्धित बिज्ञहरुले सरसल्लाह दिने, नियमित रुपमा अन्तरक्रिया कार्यक्रमहरु गर्दै जाने आदि बिषयहरुमा छलफल भएको थियो ।

अन्तमा उक्त कार्यक्रम स्पोन्सर गरि सहयोग गरिदिनु भएकोमा हिमालयन मून क्याफेका आई कान्छी शेर्पा तथा पासाङग शेर्पालाई धन्यवाद ब्यक्त गरियो ।

तपाईको प्रतिक्रिया