Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- अर्थ मन्त्री वर्षमान पुनले दक्षिण एसियाली मुलुकहरुलाई सडक र रेल सञ्जालले जोड्नुपर्ने बताएका छन् । बंगलादेशको ढाकामा सार्कस्तरीय अर्थ मन्त्रीहरुको वैठकलाई सम्वोधन गर्दे मन्त्री पुनले यस क्षेत्रको आर्थिक र भौतिक संरचनाको विकासमा सार्कले भूमिका खेल्नुपर्ने बताए ।
सम्बोधनको क्रममा उनले सार्क विकास कोष (एसडिएफ)लाई परियोजनाको आधारमा कार्यन्वयनमा ल्याएर सार्क क्षेत्रका जनताको जीवन स्तरमा प्रत्यक्ष राहात दिनुपर्ने बताए । उनले परियोजनामार्फत सार्क क्षेत्रको आर्थिक र भौतिक संरचनाको विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
उनले यसअघि भुटानमा सम्पन्न बैठकका निर्णयहरूलाई कार्यन्वयन गरेर सार्क दशकलाई व्यवाहारिक रुप दिनुपर्ने बताए । इनर्जी रिङ र रिजनल इनर्जी ट्रेडका सार्क क्षेत्रका विज्ञहरुले यसअघि तयार पारेका अवधारणालार्य कार्यन्वयनमा ल्याएर यस क्षेत्रका विकास गर्नुपर्ने उनको धारणा थियो ।
अर्थ मन्त्री पुन बैठकमा भाग लिन आइतबार बंगलादेश गएका हुन् । उनी आज दिउँसो नेपाल फर्किँदै छन् ।
तपाईको प्रतिक्रिया