Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- आफू नयाँ दिल्ली रहेकाबेला पार्टी फुटेपछि बिरत्तिएका सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले त्यसको दोष भने सभामुख सुवासचन्द्र नेम्वाङलाई लगाएका छन् ।
उनले आफ्नो दल दोस्रो पटक पनि टुक्र्याउन सभामुख दोषि रहेको बताउँदै ‘मतियार’ भनी मुख छाडेका छन् । ‘मधेसी पार्टीहरुको फुटाउन सभामुख सुवासचन्द्र नेम्वाङ, जनशक्ति पार्टीका सहअध्यक्ष प्रकासचन्द लोहनी र मधेसी मोर्चाकै केही नेताहरु संलग्न छन्,’ रिपोर्टर्स क्लवमा सोमबार उनले भने । पार्टीका सभासद्द्वय रामनरेश राय र गौरी महतो कोइरीले नयाँ पार्टी गठन गरेपछि महतोले सभामुख ‘मतियार’ भएको आरोप लगाए ।
महतोले पार्टीले कारबाहीको लागि गरेको सिफारिस बेवास्ता गर्दै पार्टी फुटाउनेलाई दलको मान्यता दिने काम सभामुखले गरेको दाबी गरे । उनले भने, ‘यो दुखद र दुर्भाग्यपूर्ण छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका महतोले सभामुखलाई मधेस विरोधी काम नगर्न चेतावनी दिंदै पार्टीको निवेदनलाई अनिर्णयको बन्दी बनाएर पार्टी फुटाएकोले त्यसको जिम्मा पनि लिनु पर्ने धारणा राखे । उनले भने, ‘मधेसविरोधी सभामुखलाई मधेसले सहयोग गर्दैन ।’
तपाईको प्रतिक्रिया