Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– गत माघ २ गते सासू र श्रीमानबाट घरमै झुण्ड्याएर मारिएकी रन्जना न्यौपानेको हत्यालाई आत्महत्या प्रमाणित गर्न प्रहरीले समेत सहयोगी भूमिका निर्वाह गरिरहेको आरोप उनका माइती पक्षले लगाएका छन् ।
माईतिपक्षले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आत्महत्या गर्न नसक्ने गरी भूई छुएर सल बेरी झुण्ड्याइएको, गर्धनमा डाम नभएकी रन्जनाको दाइजो नल्याइएको निहुँमा हत्या भएको माईतीपक्षले आरोप लगाए ।
घटनास्थलको बास्तविक मुचुल्का समेत नगरी, दसी प्रमाण संकलन नगरी सफा र सुग्घर कोठाको तस्बीर खिचेर प्रहरीले हत्यालाई आत्महत्या बनाउने षडयन्त्र रचेको भन्दै त्यसैलाई आधारमानी पोष्ट मार्टम नै नगरी आत्महत्याको रिपोर्ट बनाएको दावी समेत पत्रकार सम्मेलनमा गरिएको थियो ।
माइतिपक्षका केशब ,अच्यूत, रामप्रसाद पौडेलले पत्रकार सम्मेलन गरी हत्याको छानविन गरी हत्यारालाई कारवाही गराउन प्रहरीलाई दवाव दिन मानवअधिकारबादी, नागरिक समाज र पत्रकारहरुसँग आग्रह गरे ।
उनीहरुले विवाह भएदेखिनै नपढेकी, दाईजो नल्याएकी भन्दै सासुले प्रताडना दिने गरेकोमा माइतीले सुन मोबाइल लगायतका समाग्री पठाए पनि यातना दिदै आएको अवस्था र रन्जना झुण्डिएको अवस्थाले घटना हत्या नै भएको प्रष्ट हुँदा हुँदै प्रहरीले प्रलोभनमा परी अनुसन्धान बङग्याइएको दाबी गरे ।
तपाईको प्रतिक्रिया