Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
धनगढी- एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीले शान्ति प्रक्रियालाई अघि बढाउने नचाहेको बताएका छन् । अध्यक्ष खनालले माघ २९ गतेसम्म शासकीय स्वरुप, राज्य पुर्नसंरचना लगायतका विवाद टुंग्याउन नसके निर्धारित समयमा संबिधान बन्न नसक्ने दाबी गरे।
माघ २९ गतेसम्म शासकीय स्वरुप र राज्यपुर्नसंरचना लगायतका बिषयमा उत्पन्न बिवाद टुगो लगाउने निर्णय भएको उनले बताए । माघ २९ गतेभित्र पनि यी बिषयमा विवाद टुंगो लाग्न नसकेमा समयमा संबिधान बन्न नसक्ने उनको भनाइ थियो ।
स्थायी समिती सदस्य केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल सवैले नेता र कार्यकर्ता एकताबद्ध भएर पार्टीलाई देशकै ठुलो बनाउनु पर्ने धारणा ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया