Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको राष्ट्रिय खेल सुमोका खेलाडिहरु खेल जीवनबाट सन्यास लिंदा उनीहरुले त्यतिबेलासम्म पालेर राखेका लामा लामा केश सुमो खेल मैदानमै बिशिष्ट ब्यक्तित्वहरुबाट मुण्डन गराई सन्यास लिने प्रचलन छ । जसअनुसार आइतबार सुमोका ख्यातीप्राप्त खेलाडि “फुतेन ओ” ले केश मुण्डन गराई सुमो खेलजीवनबाट सन्यास लिएको घोषणा गरेका छन् ।

सुमो खेल जगतको प्रचलनअनुसार सन्यास लिने खेलाडिको केश मुण्डन कार्यमा सयौं ब्यवसायिक कम्पनीका सञ्चालकहरुले भाग लिएका थिए । जसमा नेपाली ब्यवसायी टिबिआई (TBI) ग्रुपका अध्यक्ष भवन भट्टले पनि हजारौं दर्शकहरुको उपस्थिति रहेको सुमो स्टेडियममा आयोजित समारोहमा “फुतेन ओ” लाई केश मुण्डन गरेर बधाई दिएका थिए । हजारौ जापानी दर्शकहरुको ठेलम-ठेल र भिड्भाड रहेको टोकियो र्‍योगोकूस्थित सुमो स्टेडियममा पुगेका केहि नेपालीहरुले केश मुण्डन समारोहमा सयौं जापानी कम्पनीहरुको लामबद्धमा एक जना भएपनि नेपाली ब्यवसायीको सहभागिता रहेको पाउँदा गर्वानुभूति गरे ।

टिबिआई ग्रुपका अध्यक्ष भवन भट्ट

आकस्मिक खबरले त्यहाँ पुगेका लम्जुङका जनक बस्यालले भने – “यति धेरै मान्छे एकै ठाउँमा जीवनमा कहिल्यै देखेको थिईनँ, यति ठूलो र भब्य स्टेडियममा आयोजित कार्यक्रममा एउटा नेपालीको छोरोको नाम पनि उदघोष हुनु भनेको हामी सबै नेपालीका लागि खुशीको कुरा हो । यस अर्थमा भट्टजीले नेपालीको नाम राख्नुभएको छ । हरेक हिसाबले महंगो मानिने सुमो खेलप्रति जापानीहरुको क्रेज बढ्दो छ भन्ने कुरा यो उपस्थितिले प्रमाणित गरेको छ’ – उनले थपे । टोकियोको सुमिदा कुमा पर्ने र्‍योगोकुस्थित सुमो स्टेडियममा ११ हजार दर्शकहरु अट्ने क्षमता रहेको बताईन्छ ।

जापानका सयौं ख्यातीप्राप्त बिजनेश हाउसका सञ्चालकहरुले खेल जीवनबाट सन्यास लिन लागेका ३० बर्षिय सुमो खेलाडि “फुतेन ओ” को पालैसंग केश मुण्डन गरेका हुन् । सन्यासपछि “फुतेन ओ”ले सामान्य जीवनमा फर्के पनि सुमो खेलको गुरु बन्ने योजना रहेको बताए । सयौं ब्यवसायिक ब्यक्तित्वहरुबाट उनको केश मुण्डनपछि अन्तमा उनका गुरुले सामान्य मानिसको झैं केश छोट्याईदिएका थिए र उनी सामान्य भेषभूषामा प्रस्तुत भएका थिए । “फुतेन ओ” ले आफ्नो खेल जीवनमा आसासोरयू जस्ता नाम चलेका सुमो खेलाडिलाई पनि हराएका थिए ।

सो अवसरमा हाकुओ (योकोजुना), बारुतो, तोचिनो काजे, किसेनो सातोलगायतका सुमोका हस्ती खेलाडिहरुको पनि उपस्थितिले सन्यास समारोह थप ओजपूर्ण एवं गरिमामय बनेको थियो । उनीहरुसंग फोटो खिच्ने र अटो लिने सर्बसाधारणको भिड हेर्नलायकको थियो ।

एकजना सुमो खेलाडिलाई स्थापित गराउन धेरै ठूलो लगानी र सहयोगको आवश्यकता पर्ने भएकोले “फुतेन ओ”लाई अहिलेको अवस्थासम्मको सफल खेलाडि बनाउन महत्वपूर्ण योगदान गर्ने सयौं कम्पनीका सञ्चालकहरुलाई उनले आफ्नो सन्यास लिन लागेको केश मुण्डन समारोहमा आमन्त्रण गरेका हुन् । सुमो एसोसियसनका अनुसार सुमोबाट सन्यास लिंदा केश मुण्डन समारोह गर्ने वा नगर्ने भन्ने निधो गर्ने अधिकार सम्बन्धित खेलाडिमा निहित रहने बताईन्छ । ***

 

 

 

तपाईको प्रतिक्रिया