Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
लिमा(एजेन्सी)- पेरुमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्वेलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार पेरुको मध्यभागमा पर्ने गरी भुइँचालो गएको हो । त्यहाँको मध्यरातमा कम्पन अनुभव गरिएको थियो । पेरुको इका सहरभन्दा १५ किलोमिटर दुरीमा भुइँचालोको केन्द्र रहेको बताइएको छ ।
इकामा सन् २००७ मा विनाशकारी भूकम्प गएको थियो । सोमबार ३९ किलोमिटर गहिराईसम्म भूकम्पको झड्का महशुस भएको सर्वेले जनाएको छ । दर्जनबढी मानिसहरु घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ ।
‘झड्का र सूचना बन्द हुँदा धेरैजसो आतंकित बनेका छन्,’ स्थानीय अस्पतालका म्यानेजर फर्नान्डो लिअन क्यास्टेन्डाले डेल पेरु रेडियोलाई अन्तर्वार्तामा भने ।
इकाबाट आएको सूचनाअनुसार त्यहाँको विद्युत आपूर्ति बन्द भएको छ तर ठूलो क्षतिको सम्भावना भने कम छ ।
२००७ मा इका सहरमा ७.९ म्याग्नेच्युड शक्ति भएको भूकम्प आएको थियो । जसले हजारौ घरबारबिहीन भएका थिए ।
तपाईको प्रतिक्रिया