Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- नेकपा एमालेका सभासद रघुवीर महासेठले प्रधानमन्त्रीले आफ्नो सत्ता लम्ब्याउन र पार्टीलाई फुटबाट बचाउन जनसत्ताको कामलाई बैद्यानिकता दिने निर्णय लागु हुनै नसक्ने स्पष्ट हुदा हुदै पनि गरेको दावी गरे ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकार निर्णय कार्यान्वयन नभएपछि आफ्नै पार्टीको असहयोगका कारण ढल्ने दावी गर्दै सरकारले फाल्गुण मसान्त नकाट्ने ठोकुवा गरे । उनले भने-प्रचण्ड र बाबुरामजीलाई निर्णय कार्यान्वयन हुन नसक्ने थाहा छ, यो निर्णय लागु हुन सक्दैन, सोही कारण सरकार ढल्छ । काँग्रेस एमालेले ढाली रहनु पर्दैन माओवादी आफैले सरकार ढाल्छ ।
उनले बल, छल र बन्दुकको कामलाई बैद्यानिकता दिने काम ससारमै कतै नभएको भन्दै यो निर्णय कुनै पनि हालतमा लागु हुन नसक्ने बताए ।
तपाईको प्रतिक्रिया