काठमाडौं- एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको एकमात्र राम्रो निर्णय जनसत्ताको कारोवारलाई बैद्यानिकता दिने भएकोले यो निर्णय कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारे । उनले भने-सरकारले गरेको एउटामात्र राम्रो निर्णय पनि फिर्ता लिए त यो सरकार निकम्मा भई हाल्छ नी ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा गजुरेलले भने-जनताको समस्या समाधान गर्न गरेको निर्णयलाई काँग्रेसले राजनीतिक जामा पहिनाएर विवाद उत्पन्न गरेको भन्दै जनसत्ताको कामलाई बैद्यानिकता दिदा जनसत्ता फेरि कुनै पनि हालतमा नब्यूतिने दावी गरे ।
उनले स्वेच्छिक अवकासमा जानेलाई तत्कालै विदा गर्न पार्टी तयार रहेको भन्दै एक दुई दिनमै विदा गर्ने जानकारी दिए ।
ईच्छा शक्ति भए बाँकी अवधीमा शान्ति र संविधान निर्माणका कार्य पुरा हुन सक्ने ठोकुवा गर्दै कार्यतालिका बारम्बार परिवर्तन गर्नु राम्रो संकेत नभएको बताए ।