Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- सिचाई मन्त्री एवंम् तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवले मोर्चाबाट सरकारमा गएका सबै मन्त्रीहरुको सहमतिमा निर्णय भएकोले कसैले भन्दैमा कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारे ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले भने-जनसत्ताको कामलाई बैद्यानिकता दिने निर्णय मोर्चाको समर्थनमा भएको हो,  विजय गच्छदार वा अरु कसैले बोल्दैमा केही हुँदैन ।
उनले बाहिर आए जस्तो मधेसी मोर्चाको औपचारिक बैठक बसेर अहिलेसम्म सो निर्णयको विरोध नभएको दावी गर्दै भने-मोर्चाकै नेता भएको क्याविनेटले गरेको निर्णय किन नमान्ने, मोर्चाको पुर्ण समर्थन छ ।
उनले जनसत्ताको कामलाई बैद्यानिकता दिने निर्णय रुकुम रोल्पा र जाजरकोट सहित चार जिल्लाका किसानको समस्या समाधान गर्ने उद्देश्यले गरिएको दावी गर्दै किसानहरुलाई मालपोत दस्तुर मिनाहा गर्ने निर्णय भएको बताए ।
उनले काँग्रेस र एमाले ले भन्दैमा बर्तमान सरकार नढल्ने दावी गर्दै मधेसी मोर्चाले बढी भाग खायो भनेर काँग्रेस र एमालेलाई आरिस भएको आरोप लगाए ।
तपाईको प्रतिक्रिया