Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले जनसत्ताले गरेको अबैद्य कारोवारलाई बैद्यानिकता दिने निर्णय खारेज नभए काग्रेसले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा नेता केसीले भने- निर्णय फिर्ता नगरे यो सरकार टिक्दैन त्यसैले निर्णय फिर्ता लिनुको विकल्प छैन ।
साक्षात्कारमा उनले सरकारको निर्णय लोकतन्त्र र विधीको शासन विरोधी भएकोले यसका विरुद्ध सबै लोकतन्त्रबादी दलहरु एक ठाँउमा आउने दावी गर्दै निर्णय फिर्ता नभए  काग्रेसले नेतृत्व गरेर सरकार ढाल्ने स्पष्ट पारे । उनले थपे-निर्णय फिर्ता नभए संसद अवरुद्ध गर्ने मात्रै होईन सरकार नै ढाल्छौ ।
उनले सरकारको निर्णय माओवादीकेा सत्ता कब्जाको रणनीति अनुसार नै आएको भन्दै कुनै पनि हालबतमा सर्वसत्ताबादी शासन लागु गर्ने योजना काग्रेसले कार्यान्वयन हुन नदिने चेतावनी दिए ।
संविधान निर्माणको कार्यतालिका पटक पटक सार्ने अवस्थाले सरकार शान्ति र संविधानको पक्षमा छैन भन्ने स्पष्ट भएको भन्दै  कार्यतालिका परिवर्तन हुन सुखद नभएको र यसले जनतामा फेरि आशंका बढाएको धारणा राखे ।
तपाईको प्रतिक्रिया