Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
जिरी– नारायणहिटी राजदरबारमा पालेका दुधालु गाई जिरी पुगेका छन् ।
गणतन्त्रपछि अलपत्र परेका गाई एक वर्षयता जिरीको पशु विकास फार्म ल्याउन थालिएको हो । पछिल्लो पटक १६ गाई जिरी ल्याइएको छ । दरबारमा पालिएका होलिस्टिन, जर्सी, ब्राउन स्विस आदि जातका ७७ जाई जिरी फार्ममा छन् । दरबारका केही गाई फार्मलाई भार बने पनि दुध दिने भएकाले फाइदाजनक छ ।  राजदरबारमा देशभरका राम्रा र दुधालु गाई जम्मा पारिएका थिए ।
नयाँ बाच्छाबाच्छी उत्पादनका लागि हरेक वर्ष कम्तीमा पाँच हजार बहर स्थानीयलाई विक्री गरिंदै आएको छ । फार्ममा अहिले गाई र बहरको संख्या १ सय २२ पुगेको छ यसमध्ये २२ ठूला गाई छन् भने २६ बाच्छी बहरको संख्या २१ पुगेको छ । साँढे दुई वटा छन् । दुर्ई गोरु पनि पालिएको छ ।
चार महिना अघि फार्मबाट २४ गाई विक्री गरिएका थिए । फार्मले हरेक वर्ष लिलाम बढाबढमा स्थानीयलाई गाई विक्री गर्दै आएको छ । फार्ममा गाई दुहुना छन् । यी गाईले एक पटकमा १ देखि २० लिटरसम्म दूध दिन्छन् । केही समय अघि मात्रै २० लिटर दूध दिने गाई चितवनबाट लगेर थपिएको छ ।
स्विस सरकारको सहयोगमा स्थापित फार्म अहिले सरकार मातहत छ । फार्ममा २० कर्मचारीको दरबन्दी छ । यसमध्ये ९ कर्मचारी मात्रै कार्यरत छन् । केही कर्मचारी करारमा राखिएका छन् । करारमा राखिएका कर्मचारीलाई संस्थाको आम्दानीबाट तलव दिने गरिएको छ ।
तपाईको प्रतिक्रिया