टोकियो – ओसाकामा हत्या गरिएका नेपाली ब्यबसायी बिष्णुप्रसाद धमलाको आज १३ औं पूण्यतिथिका अबसरमा नेपाली ब्यवसायी संगठन (एनबिए) जापानद्वारा स्व. धमलाप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।
सो संस्थाको तर्फबाटबाट अध्यक्ष भवन भट्टद्वारा जारी गरिएको बिज्ञप्तीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गरिएको हो ।
बिज्ञप्तीमा अगाडि भनिएको छ – ओसाकामा आफ्नै ब्यवसाय गरी बसेका धमलाको अचानक जापानी आक्रमणकारीहरुबाट भएको अमानवीय हत्याको घोर भत्सर्ना गर्दछौं । यस्ता क्रूर घटनाका दोषीहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दछौं । शान्ति र सुरक्षाको दृष्टिले अत्यन्त उच्च मानिने मुलुक जापानमा धमलाको अमानवीय तवरले भएको हत्याले हामी जापानबासी नेपालीहरुको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाप्रति हामी गहिरो दुख ब्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिनका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँन चाहान्छौ र समस्त जापानबासी नेपालीहरुमा यस्ता घटनाबाट बच्न सदैव सजग र सतर्क रहनसमेत आह्वान गर्दछौं- बिज्ञप्तीमा भनिएको छ । ***